संग्रहालयकाे परिचय

संग्रहालयकाे परिचय

एउटा यस्तो संस्थान हो जसले समाजको सेवा र विकासको लागी सर्वसाधारणको लागि खोलिएको हुन्छ । यसमा मानव र पर्यावरणको पुस्ताको संरक्षणको लागि तिनको संग्रह, शोध, प्रचार वा प्रदर्शन गर्ने गरिन्छ । जसको उपयोग शिक्षा, अध्ययन र मनोरंजनको लागी गरिन्छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, एंव बहुसांस्कृतिक मुलुकको रुपमा परापुर्व देखिनै रही आएको छ। सांस्कृतिक अनेकतामा एकता नै यहाँको विशिष्ट संस्कृतिको रुपमा रही आएको छ। आधुनिकीकरण लगाएत अन्य विभिन्न कारणले मुलुकको अमृर्त संस्कृति रुपान्तरण हुदै गईरहेकोले परम्परागत लोक संस्कृतिको संरक्षण एंव संवद्धन गर्ने उद्देश्यले यो संग्रहालयको वि.स. २०५७ साल साउन २ गते सोमवारका दिन विधिवत् रुपमा उद्घाटन गरी सर्वसाधारणका लागि प्रर्दशनी खुल्ला गरिएको हो। हाल आएर प्रदेश सरकार सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश अन्र्तगत वि.स. २०७५ असोज ५ गते देखि प्रदेश संग्रहालयमा रुपान्तरण भएको छ। यस संग्रहालयले मुलत ः शिक्षा प्रदान गर्ने, अध्ययन अनुसन्धान गर्ने र मनोरञ्जन प्रदान गर्ने उद्देश्य लिएको छ।