provincemuseumsurkhet@gmail.com, 083 - 521070 MIS LoginMail
मंगलवार बाहेक प्रत्येक दिन विहान १० देखि ५ बजे सम्म खुल्ला रहने छ।
राष्ट्रिय सभाका सदस्य माननिय रामनारायण विडारी ज्यु द्वारा २०७६/०९/०२ मा संग्रहालयकाे अबलोकन
प्रदेश संग्रहालय तथा अभिलेखालयमा स्वागत छ।
संग्रहालयकाे बारेमा जानकारि
संग्रहालय एउटा यस्तो संस्थान हो जसले समाजको सेवा र विकासको लागी सर्वसाधारणको लागि खोलिएको हुन्छ । यसमा मानव र पर्यावरणको पुस्ताको संरक्षणको लागि तिनको संग्रह, शोध, प्रचार वा प्रदर्शन गर्ने गरिन्छ । जसको उपयोग शिक्षा, अध्ययन र मनोरंजनको लागी गरिन्छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, एंव बहुसांस्कृतिक मुलुकको रुपमा परापुर्व देखिनै रही आएको छ। सांस्कृतिक अनेकतामा एकता नै यहाँको विशिष्ट संस्कृतिको रुपमा रही आएको छ। आधुनिकीकरण लगाएत अन्य विभिन्न कारणले मुलुकको अमृर्त संस्कृति रुपान्तरण हुदै गईरहेकोले परम्परागत लोक संस्कृतिको संरक्षण एंव संवद्धन गर्ने उद्देश्यले यो संग्रहालयको वि.स. २०५७ साल साउन २ गते सोमवारका दिन विधिवत् रुपमा उद्घाटन गरी सर्वसाधारणका लागि प्रर्दशनी खुल्ला गरिएको हो। हाल आएर प्रदेश सरकार सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश अन्र्तगत वि.स. २०७५ असोज ५ गते देखि प्रदेश संग्रहालयमा रुपान्तरण भएको छ। यस संग्रहालयले मुलत ः शिक्षा प्रदान गर्ने, अध्ययन अनुसन्धान गर्ने र मनोरञ्जन प्रदान गर्ने उद्देश्य लिएको छ।
संग्रहालय एउटा यस्तो संस्थान हो जसले समाजको सेवा र विकासको लागी सर्वसाधारणको लागि खोलिएको हुन्छ । यसमा मानव र पर्यावरणको पुस्ताको संरक्षणको लागि तिनको संग्रह, शोध, प्रचार वा प्रदर्शन गर्ने गरिन्छ ।
लक्ष्य :
शिक्षा प्रदान गर्ने, अध्ययन अनुसन्धान गर्ने र मनोरञ्जन प्रदान गर्ने
मंगलवार बाहेक प्रत्येक दिन विहान १० देखि ५ बजे सम्म खुल्ला रहने छ।
संग्रहालयका कक्षहरु
पहिलाे कक्ष इतिहास तथा संस्कृति सम्बन्धित वस्तुहरु
दाेश्राे कक्ष काँक्रेविहारवाट प्राप्त पुरातात्विक वस्तुहरु
संग्रहालयकाे प्रर्दशनी व्यवस्था
वीरेन्द्रनगर नगरपालिका स्थित टुडिखेलको पुर्वपटि यो संग्रहालय अवस्थित छ। नेपालको कर्णाली प्रदेश क्षेत्रमा विद्यमान इतिहास संकृति र पुरातत्वसँग सम्वन्धित वस्तुहरुको यस संग्रहालयले विषयवस्तु अनुसार वर्गिकरण गरी तत् बमोजिम विभिन्न कक्षहरुमा प्रर्दशनिको लागि राखेको छ। हाल दूइ वटा भवनमा प्रर्दशनी व्यवस्था गरिएको छ। यस संग्रहालयले विभिन्न जातजातिहरुको मौलिक पहिचान झल्कने संस्कृतिक महत्वका समाग्रीहरु तथा विभिन्न ऐतिहासिक र पुरातात्विक वस्तुहरुको संकलन, भण्डारण, संरक्षण र प्रर्दशन गरेर प्रदेश स्तरको वहुउद्देश्यीय संग्रहालयको रुपमा विकास र विस्तार गर्ने कार्य गरिरहेको छ। यस संग्रहालयको हालको व्यवस्था तथा संचालन प्रदेश सरकार समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश अन्तरगत रहेको छ।