कर्णाली प्रदेश, वीरेन्द्रनगर सुर्खेत,     provincemuseumsurkhet@gmail.com     
मंगलवार र आइतवार बाहेक प्रत्येक दिन विहान ९:०० देखि ५:०० बजे सम्म खुल्ला रहने छ।
Notice

इतिहास

वीरेन्द्रनगर नगरपालिका स्थित टुडिखेलको पुर्वपटि यो संग्रहालय अवस्थित छ। नेपालको कर्णाली प्रदेश क्षेत्रमा विद्यमान इतिहास संकृति र पुरातत्वसँग सम्वन्धित वस्तुहरुको यस संग्रहालयले विषयवस्तु अनुसार वर्गिकरण गरी तत् बमोजिम विभिन्न कक्षहरुमा प्रर्दशनिको लागि राखेको छ। हाल दूइ वटा भवनमा प्रर्दशनी व्यवस्था गरिएको छ। यस संग्रहालयले विभिन्न जातजातिहरुको मौलिक पहिचान झल्कने संस्कृतिक महत्वका समाग्रीहरु तथा विभिन्न ऐतिहासिक र पुरातात्विक वस्तुहरुको संकलन, भण्डारण, संरक्षण र प्रर्दशन गरेर प्रदेश स्तरको वहुउद्देश्यीय संग्रहालयको रुपमा विकास र विस्तार गर्ने कार्य गरिरहेको छ। यस संग्रहालयको हालको व्यवस्था तथा संचालन प्रदेश सरकार समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश अन्तरगत रहेको छ।

";